Logo

विश्वकै महँगो घडी



यो वर्ष विश्वकै सबै भन्दा महँगो घडी दि ग्राफ कम्पनीले बनाएको छ । बेस्लवल्ड घडी र गहना मेलामा पहिलो पटक सहभागी भएको दि ग्राफ कम्पनीले आफूले निर्माण गरेको महँगो घडी प्रदर्शन गरेको हो । कम्पनीले घडीको मूल्य ५५ करोड तोकेको छ ।

११० क्यारेट प्लेटिनम जडान गरिएको यो घडीको वरिपरि हिराले सजिएको छ । यो घडी एक ब्रासलेट मोडेलमा डिजाईन गरिएको छ । अहिले सम्म यस्तो प्रकारको मोडेल डिजाईन गरिएको छैन भन्ने कुरा कम्पनिले जनाएको छ । यो विशेष घडीका लागि प्रयोग गरिएको रंगीन हिराहरू, “फेन्सी” को रूपमा प्रयोग हुन्छ ।

घडीमा प्रयोग गरिएका सामाग्रीहरुको कारण सामान्य स्तरभन्दा यो घडी अविश्वसनीय रूपमा दुर्लभ र मूल्यवान छ । रङ्गीन हिराहरुले सजिएको यो घडीलाई उत्कृष्ट नमुनाको रुपमा मेलमा प्रदर्शन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्