Logo

बैद्य नेतृत्वको नेकपाल माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने



काठमाडौं, ४ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आउँदो मंसिर १४ गते हुने उपचुनाव बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उपचुनाव सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो । निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपचुनावका लागि कार्यतालिकासमेत सार्वजनिक गरेपछि वेद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो ।

देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले उपचुनाव सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिए । नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यस अघिको संघीय, प्रदेश र स्थानीय तहको चुनावमा भाग लिएको थियो ।

तर, अब हुने उपचुनाव जनता र देशको समस्या समाधान नगर्ने भएकाले बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाइ छ । नेता गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दाबी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी पनि दिए ।



प्रतिक्रिया दिनुहोस्