Logo

फोक्सोमा कसरी बोसो जम्मा हुन्छ



फोक्सो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग मध्य एक हो । शरीरमा श्वास–प्रश्वास गर्न फोक्सोले निकै ठुलो भूमिका खेल्छ । प्रायः मानिसहरुमा आजकल फोक्सो सम्बन्धी धेरै किसिमको रोगहरु फैलिएको छ । पृथ्वीको वातावरण दिनप्रति दिन निकै प्रदुषित हुदै गएको कारण पनि मानिसलाई असर परेको छ । श्वास–प्रश्वासको क्रममा धेरै किसिमका प्रदूषित तत्व मानिसको शरीरमा प्रवेश गर्नेगर्छ । मानिस आफै पनि धुम्रपान सेवन गरेर आफ्नो फोक्सोलाई क्षति पुर्याउने गर्छन् । यस कारण पनि फोक्सोमा विभिन्न प्रकारको समस्याहरु उत्पन्न हुनेगर्छ ।

नयाँ अनुसन्धानले फोक्सोको वायुमार्गको पर्खालमा बोसो जम्मा हुने पत्ता लगाएको छ । विशेषगरी बोसो धेरै तौल भएको मानिसहरुको शरीरमा देखा पर्छ । बोसो जम्मा भएको कारण दमको जोखिम बढ्ने पुष्टि भएको छ । धेरै तौल भएको मानिसहरुलाई श्वास–प्रश्वासको क्रममा फोक्सोमा निकै दबाब हुनेगर्छ । यस कारण मानिसलाई छाती पोलेको महसुस हुन्छ ।

बोसो जम्मा हुँदा यसले दम निम्त्याउँछ । दमलाई न्यूनीकरण गर्न मानिसले खाने कुरा, धुम्रपान र तौल सुन्तुलन राख्न निकै आवश्यक देखिन्छ । श्वास–प्रश्वास सजिलो बनाउन नियमित कसरत, तौलमा कमी, स्वच्छ र सन्तुलीत भोजन सेवन गर्दा फोक्सोको वायुमार्गको पर्खालमा बोसो जम्मा नहुने अनुसन्धान कर्ताहरुले जनाएको छ । Photo Source: Sciencedaily



प्रतिक्रिया दिनुहोस्