Logo

काठमाण्डौ महानगरको ब्रुमर हात्तीको देखाउने दाँत



काठमाण्डौ । काठमाण्डौ उपत्यका धुवाँ धुलोले ग्रस्त छ । विश्वमा नै काठमाण्डौ प्रदुषित सहरको रुपमा चिनिन्छ । स्थानीय निकाय अर्थात काठमाण्डौ महानगरको निर्वाचनका बेला मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले प्रदुषित सहर काठमाण्डौलाई स्मार्ट सिटी बनाउने आश्वासनसमेत दिनुभएको थियो । शाक्यले नै मेयरको चुनाव पनि जित्नुभयो । तर काठमाण्डौ स्मार्ट सिटी बन्न सकेन । धुवाँ धुलो नियन्त्रण गर्न भनेर करोडौँ खर्चेर बु्रमर ल्याइयो । तर ति ब्रमरले पनि वातावरणमा सुधार ल्याउन सकेको छैन ।

गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गर्दै काठमाडौं महानगपालिकाले काठमाडौंलाई स्वच्छ काठमाडौं बनाउने उद्धेश्य सहित ब्रुमर संचालनमा ल्यायो । काठमाडौंका विभिन्न सडकहरुमा ब्रुमर गुडे पनि । तर राती ८ बजेदेखि विहान ४ बजेसम्म काठमाडौंका सडक बुमरले सफा गरेपनि दिनभरी फेरी उस्तै हुन्थ्यो । अहिले पनि काठमाडौं उपत्याकाका सडकहरु धुलोमुक्त हुन सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने काठमाडौँका सडकमा भएका खाल्डाहरु र ढल व्यवस्थापन नभएको कारण ब्रुमरको प्रयोग प्रभावकारी हुन नसकेको बताउने गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले दैनिक रुपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छै । जसले जनताको करबाट खरिद गरेका बुम्ररको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको छ । करोडौं रकम बालुवामा पानी खन्याए सरह भएको छ । यसबाट सर्वसाधारण समेत आक्रोसित छन ।

केही समयअघि प्रधानमन्त्री केपी ओलीले काठमाण्डौमा माक्स लागउनुनपर्ने अवस्था रहेको दावीसमेत गुर्नभएको थियो । तर अवस्था त्यस्तो छैन । महानगरपालिकाले झण्डै ११ करोड खर्चिएर ल्याएको ब्रुमरले टेकु केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोड र भित्री सडक सफा गर्दै आइरहेको छ । जवसम्म काठमाडौं उपत्याकाका सडकहरु अन्तराष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरका आधारमा निर्माण गरीदैन, तवसम्म काठमाडौ उपत्याकाको यो समस्य दिर्घाकालिन रुपमा समाधान नहुने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्