Logo

कुमार पौडेललाई नियन्त्रणमा लिई नौ गोली हानी मारिएको निष्कर्ष (प्रेसनोटसहित)



काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको निष्कर्ष निकालेको छ । आयोगले सोमबार प्रेस नोट मार्फत् प्रहरीले आत्म रक्षा र दोहोरो भीडन्त भनी दाबी गरेकोमा त्यसो नभएको निष्कर्ष सार्वजनिक गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको प्रेस नोटमा भनिएको छ , प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशनमा खटिएका २ नं प्रदेश प्रहरी कार्यालयको समन्वयमा समेत परिचालित भएका प्रहरीले निजलाई नियन्त्रणमा लिए पश्चान अनावश्यक रुपमा बल प्रयोग गरी ९ गोली हानी मारिएको, प्रहरीले आत्म रक्षा र दोहोरो भीडन्त भनी दाबी गरेकोमा दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति, संकलित प्रमाण समेतबाट निजलाई नियन्त्रणमा लिई मारिएको आयोगको अनुसन्धानबाट देखियो ।

प्रहरीबाट घटनाको निष्पक्ष अनुसन्धान नभएको आयोगको निष्कर्ष छ । ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित लखन्देही जंगलमा पौडेल दोहोरो भिडन्तमा मारिएको प्रहरीले जनाएको थियो । आयोगले जंगल नजिकै पर्ने कच्ची सडकको बाँसघारी मुनि प्रहरीले हत्या गरेको निष्कर्ष निकालेको छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्