Logo

बन्दिपुर गाउँपालिका-१ को आयोजनामा तिहार विशेष कार्यक्रम हुँदै



तनहुँ । दिपावलीको अवसरमा तनहुँको बन्दीपुर गाउपालिका वडा न १ ले शुभकामनासहित सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

यहि कार्तिक ९ गते शनिबार बन्दिपुर गाउँपालिका–१ को कार्यालय परिसरमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा लोकगायक राजु परियार, जनगायक जेबी टुहुरे र जीवन शर्माले प्रस्तुति दिनेछन् । त्यसैगरी सानै उमेरमा दोहोरी गित गाएर चर्चामा आएकी कमला घिमिरेलेसमेत कार्यक्रमा गित गाउनेछिन् । मेरी बास्सैका हास्यकलाकार घिरौले र सापटेलगायतको पनि उपस्थिती रहने बताइएको छ ।

साथमा अन्य स्थानीय कलाकारको प्रस्तुति पनि हेर्न पाइने छ । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, तनहुँ क्षेत्र न १ का सांसद कृष्ण कुमार श्रेष्ठको उपस्थिती रहने बन्दिपुर गाउँपालिका–१ का अध्यक्ष तथा कार्यक्रम संयोजक भानुभक्त पोखरेलले जानकारी दिएका छन् ।

कार्यक्रमबारे जानकारी दिन आज डुम्रेमा गरिएको पत्रकार सम्मेलनमा पोखरेलले सास्कृतिक रीतिरिवाज तथा कला सस्कृतिको संरक्षर्ण गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा बन्दिपुर गाउपालिकाका अध्यक्ष पूर्णसिंह थापाले कार्यक्रम राम्रो उद्धेश्यले गर्न लागिएको बताउँदै संस्कृतिको जगेर्ना नै मुख्य लक्ष्य रहेको दावी गरे । कार्यक्रमको तयारी तीब्र गतिमा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्