Logo

सागको जिम्मेवारी सबै खेललाई



काठमाडौं, ५ कार्तिक । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन् ।

नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने ‘साग राष्ट्रले आयोजना गर्ने हो ।

तर, सागमा समावेश खेलको व्यवस्थापन र सञ्चालन सम्बन्धित खेल संघले नै गर्ने हो ।’



प्रतिक्रिया दिनुहोस्