Logo

समयमै डीभी भर्न अमेरिकाको आग्रह, एकै दिन तीन हजारले लिए राहदानी



काठमाडौं, ५ कार्तिक । राहदानी विभागमा राहदानी बनाउनेको भीड बाक्लो देखिएको छ । सोमबार आवेदन दिनेको संख्या झण्डै ३ हजार पुगको राहदानी विभागले जनाएको छ ।

दैनिक बढीमा ५ सय आवेदन पर्दै आएकोमा केही दिन यता राहदानी बनाउनेको भीड अस्वभाविक रुपमा बढेको छ । दशैंलगत्तै दैनिक हजार जनाले राहदानीका लागि आवेदन दिँदै आएकोमा सोमबार भने झण्डै ३ हजारले आवेदन दिएको विभागले जनाएको छ ।

राहदानी बनाउनेको संख्या बढेपछि परराष्ट्र मन्त्रालयले १० जना कर्मचारी काजमा समेत खटाएको छ । अमेरिकाले सन २०२१ का लागि खुलाएको डीभी लोटरी भर्नका लागि राहदानी अनिवार्य गरिएपछि राहदानी बनाउनेको भीड बढेको हो ।

गत असोज १५ गते खुलेको डीभी कार्यक्रम कात्तिक १९ गते सकिन्छ । विभागमा गत शुक्रबारदेखि राहदानी बनाउनेको भीड बाक्लो बनेको हो ।

डीभी भर्ने समयसीमा नजिकिँदै गएपछि राहदानी बनाउनेको भीड बाक्लो छ। अमेरिकी सरकारले डीभी समयमै भर्न समेत सुझाएको छ । .



प्रतिक्रिया दिनुहोस्