Logo

रक्सीको नशामा यात्रुले उडिरहेको विमानको ढोका खोलेपछि आकस्मिक अवतरण



नर्ड्विन्ड एयरलाइनको विमान थाल्यान्डको फुकेट जाने क्रममा एकै साथ तीन वटा घटना घटेको छ । विमानमा दुई यात्रुहरु अत्याधिक मदिरा सेवन गरेको अवस्थामा थिए । एक यात्रुले मदिराको नशामा विमानको ढोका खोल्न खोजे । उनले ढोकामा बारम्बार लात्ताले हानिरहे । नशामा रहेको कारण विमान उडेको थाहा भएन । बेसुरमा ढोका खोल्न खोजे ।

ढोका खोल्न खोजेपछि अरु यात्रुहरुले उनलाई विमानको एक किनारमा लगेर प्लास्टिक र्यापबाट बाँधेका थिए । विमान करिब ३३ हजार फिटमाथि उडिरहेको थियो । घटनापछि विमानलाई उज्बेकिस्तानमा आपतकालीन अवतरण गराईएको थियो ।

विमानमा घटेका घटना क्यामरामा कैद भए । यस भिडियो सामाजिक संजालमा निकै चर्चा बटुलेको छ । आपतकालिन अवतरण पछि मदिरा सेवन गरेको यात्रुलाई प्रहरी द्वारा हिरासतमा लिएको थियो । पुनः बिमानले उडान भरे पछि अर्को यात्रु विमानको शौचालयमा चुरोट पिइरहेका थिए । उनलाई पनि थाई प्रहरीले विमान अवतरण गरेपछि हिरासतमा लिएको थियो ।

-एजेन्सी

Photo Source:Picture: Anna Liesowska/east2west news

 

 



प्रतिक्रिया दिनुहोस्