Logo

प्रतिबन्ध हटाए वार्ता गर्न तयारः विप्लव



काठमाडौं, ५ कार्तिक । प्रतिबन्धित नेकपाले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहा गरेर प्रतिबन्ध हटाए सरकारसँग वार्ता गर्नेबारे सकारात्मक हुने जनाएको छ ।

उक्त पार्टींको हालै बसेको आठौँ केन्द्रीय समिति बैठकबाट चारमहिने ‘स्वेच्छिक आर्थिक अभियान’ चलाउने पनि निर्णय भएको छ ।

पार्टिद्वारा जारी विज्ञप्तिमा ‘पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाई गिरफ्तार कमरेडहरूलाई छाडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको उल्लेख छ । ’ उसले केन्द्रीय समिति बैठक कहिले र कहाँ बस्यो भन्नेबारे खुलाएको छैन ।

पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा मिति नलेखी जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मैत्रीपूर्ण तरिकाले आमनागरिकबाट स्वेच्छिक आर्थिक सहयोगका लागि चारमहिने आर्थिक अभियान सञ्चालन गर्ने साथै पार्टीका आर्थिक कार्यहरू अगाडि बढाउने निर्णय गरियो ।’ उसले केपी ओली नेतृत्वको सरकारले प्रतिबन्धित नेकपालाई ‘आर्थिक नाकाबन्दी र दमन’ गरेको आरोप लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्