Logo

‘बलोन डी–ओर’ २०१९ को प्रारम्भिक मनोनयन सार्वजनिक, मेस्सी र रोनाल्डो पनि छुटेनन्



काठमाडौं, ५ कात्तिक । विश्वकै प्रतिष्ठित फुटबल अवार्ड ‘बलोन डी–ओर’ २०१९ को प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्सेली फुटबल पत्रिकाले दिने यो अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा परेका हुन् ।

यो वर्षपनि मनोनयनमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सीको नाम छुटेको छैन । ‘बलोन डी–ओर’का लागि यो वर्ष युरोपियन च्याम्पियन लिभरपुलका सात खेलाडी मनोनयनमा परेका छन् ।

लिभरपुलका भर्जिल भान डाइक, मोहम्मद सालाह, सादिओ माने, रोबर्टो फर्मीनो, ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड, जर्जि्नियो वहाल्दुम र एलिसन मनोनयनमा छन् । यस्तै म्यानचेस्टर सिटीका राहीम स्टर्लीङ, रियाद माहारेज, केविन डे ब्रायन, बर्नार्डो सिल्भा र सर्जिओ अगुएरो पनि प्रारम्भिक सूचीमा छन् ।

टोटनह्यामका हुगो लोरिस र सन हिउङ्ग–मिन, रियाल मड्रिडका एडिन हाजार्ड र करिम बेन्जमा, बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र युभेन्टसका माटियास डे लिट पनि मनोनयनमा अटाएका छन् ।

यसपटक पेरिस सेन्६ जर्मेनका नेइमार, म्यानचेस्टर युनाइटेडका पउल पोग्बा र टोटनह्यामका ह्यारी केन भने ३० खेलाडीको सूचिमा अटाउन सकेनन् । पेरिसमा आउँदो डिसेम्बर २ मा हुने विशेष कार्यक्रममा बलोन डी–ओर विजेताको घोषणा हुनेछ । अघिल्लो वर्ष क्रोएसियाका खेलाडी लुका मोड्रिचले यो अवार्ड जितेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्