Logo

प्रदिप र जसिताको बीचमा को भिलेन



चलचित्र “लिलिबिली” को सेटबाट सुरु भएको अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङका प्रेम सम्बन्धको चर्चा पछिल्लो रिलिज चलचित्र “लभ स्टेशन” को असफलता पछि टुङ्गिएको चर्चा छ । चलचित्रको प्रदर्शन भएपछि जसिता यूके फर्किएपछि उनीहरुबीच बोलचाल र भेटघाट बन्द भएकोे कारण प्रेममा पूर्णविराम लागेको हो कि भन्ने अनुमान पनि गरिएको हो ।

प्रदिपले जसितालाई निर्देशक रेनशा वान्तवा राईको फिल्म “आइ एम ट्वान्टिवान” नगर्न आग्रह गर्दापनि जसिताले चलचित्रमा अभिनय गर्ने निर्णय लिएपछि पनि उनीहरुको सम्बन्धमा खटपट भएको जनाइन्छ । यही चलचित्रको वर्कसपका लगि केही महिनायता जसिता नेपाल आएकी छिन् ।

नेपाल आएपछि उनीहरुबीच एकपटक पनि भेटघाट र कुराकानी भएको छैन । “आइ एम ट्वान्टिवान” मा जसितासँग अभिनेता धिरज मगरको जोडी बाँधिएको छ । फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि जसिता र धिरज एकअर्काको प्रेममा रहेको चर्चा छ । यस कारण पनि उनीहरुको प्रेममा धिरज भिलेन भएको अनुमान गरिएको छ । प्रदिपसँग दूरी बढाएर जसिता अहिले धिरजसँग निकै नजिक छिन् ।

चलचित्र “लिलिबिली” पछि दर्शकले प्रदिप र जसिताको जोडीलाई निकै मन पराएको थिए । स्क्रिनमा पुनः दुईको जोडीलाई हेर्ने दर्शकको ठूलो चाहनालाई “लभ स्टेशन” ले पुराएपनि अब यो जोडीलाई फेरी पर्दामा देखिने सम्भावना अत्यन्त कम छ । लामो समयसम्म उनीहरुबीचको प्रेम सम्बन्धको चर्चा हुँदापनि दुवैले आफूहरु प्रेम सम्बन्ध रहेको स्वीकार भने गरेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्