Logo

बाबुको हत्या गर्ने छोरो २० वर्षपछि प्रहरी नियन्त्रणमा



काठमाडौं, ५ कात्तिक । प्रहरीले बाबुको हत्या गर्ने छोरालाई नियन्त्रणमा लिएको छ । २० वर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ११ बिमिरे गाउँ घर भएका रनकाजी भन्ने रन बहादुर तामाङलाई ४ कात्तिकमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

२०५७ चैत २९ गते दिउँसो सामान्य घरायसी विवाद हुँदा बाबु धमैसिंह तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या पश्चात फरार रहेका रन बहादुरलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका २ चोभारमा फेला पारी पक्राउ गरेको हो ।

रन बहादुर उक्त घटना पश्चात् वैदेशिक रोजगारीको सिलसिलामा कुवेत समेत गएर फिर्ता भई आफ्नो वास्तविक परिचय समेत लुकाइ काठमाडौंको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्