Logo

लागूऔषध सहित नियन्त्रणमा



हेटौंडां, ५ कात्तिक । अवैध लागुऔष गाँजा सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका ५ रातोमाटेबाट पर्सा बहुद्रामाई नगरपालिका ७ विश्रामपुर बस्ने शम्भु साह कलवार र सोही ठाउँ बस्ने असलम देवानलाई चार केजी गाँजा सहित ४ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५५ प ६०२५ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शम्भु र मोटरसाइकलमा सवार असलमलाई उक्त लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिउको जनाएको छ ।

त्यसैगरी,कपिलवस्तु, बाणगंगा नगरपालिका ११ मैरी बस्ने करण थारुलाई अवैध लागूऔषध ब्राउन सुगरको धुलो ३ ग्राम ५ सय मिलीग्राम सहित ४ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले करणको घरमा तलासी गर्दा उक्त वस्तु फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्