Logo

ट्रकले ठक्कर दियो लतारर्यो अनि योजनावद्ध तरिकाले टाउको किचेर यसरी मार्यो (तस्बिरसहित) 



रिपोर्टर्स नेपाल, ५ कात्तिक । मंगलबार दिउँसो १२ः १५ को समय थियो । बालकुमारीको चौंडा सडकमा सधैं झैं सवारी साधन ओहोरदोहोर गरिरहेको थियो । सडकको बीचको लेनमा ग्वार्कोबाट स्कुटर कुदिरहेको थियो । यत्तिकैमा एकजना व्यक्ति बाटो काटिरहेका थिए ।

स्कुटर तिव्र गतिमा रहेकाले बाटो काटिरहेका व्यक्ति अत्तालिए । अगाडि बढ्न खोजेका उनी टक्क रोकिए । स्कुटर चालकले ती व्यक्तिलाई बचाउन खोज्दा केही बढी काटेर बढ्दै थिए । स्कुटरको पछाडि कोटेश्वरतर्फ नै बढिरहेको तिव्र गतिको ट्रक थियो ।

बा ४ ख ९०५५ को ट्रकले स्कुटरलाई ठक्कर दियो । स्कुटरलाई घिसार्दै लग्यो । अन्दाजी २५ मिटर टाढासम्म घिसारेर लगेपछि चालक घाइते हुन्छन् । घाइते चालकलाई ट्रकले रोकेर किच्छ । टाउकोमा पारेर किचेपछि ट्रक चालक र सहचालक फरार हुन्छन् ।

घटनाका प्रत्यक्षदर्शी एक महिला भन्छिन्, ‘कस्तो पापी रहेछ । रोकेर पनि किचेर मार्यो ।’

घटनाको दश मिनेटपछि प्रहरी आइपुग्छ । प्रहरीले ट्रकलाई पछाडि हटाउन लगाएर किचिएको अवस्थाको मृतकलाई झिक्छ । चक्काले च्यापिएको शव झिकेर प्रहरीको गाडीमा अस्पताल लगिन्छ ।

(घटनाको संवेदनशीलतालाई मध्यनजर गरी भिडियो सार्वजनिक नगरिएको हो)



प्रतिक्रिया दिनुहोस्