Logo

राहदानीमा व्यापारीकरण



काठमाडौं,५ कात्तिक । राहदानी विभागमा व्यापारीकरण हुन थालेको छ । विभागले राहदानी बनाउनको लागि पैसाको तुलनामा समय तोक्ने गरेको गुनासो भुक्तभोगीको छ ।

डिभी भर्नको लागि राहदानी चाहिंएको हुँदा छिटो राहदानी बनाउनका लागि रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिका वडा नम्बरका बालकुमार यादव, बारा च्यूटाहा गाविस १ का विनोद कुमार शाह र गढीमाई नगरपालिका ७ का सुजित कुमार यादव ३ कात्तिकमा काठमाडौ आएका थिए ।

उनीहरुले राहदानी विभागमा सिफारिस पेश गरेको ३ दिन पछि १० हजार तिरेर राहदानी बनाएको बताए । उनले राहदानी बनाउने क्रममा धेरै सास्ती पाएको पनि बताएका छन् ।

सर्वसाधरणलाई तीन दिन लाइनमा राखेर कर्मचारी र प्रशासनले चिनेजानेका र आफन्तलाई १० हजारमै तत्काल राहदानी बनाइदिने गरेको यादवले गुनासो बालकुमारले पोखे । उनले ११ घण्टासम्म लाइनमा बस्दा पनि आफ्नो पालो नआएपछि रातको १२ बजे घर फर्किएको दुखेसो गरे । राहदानी विभागमा रातको १२ बजेसम्म राहदानीको काम हुने गरेको उनले बताए ।

राहदानी भनेको नागरिकता जस्तै वैदेशिक परिचय पत्र हो । राहदानी लिनको लागि समयको बाउन्ड्री तोकेर मुल्य निर्धारण गर्नु कति उचित हो । जसको माध्यबाट नागरीकहरु विदेश गएर उनीहरुले पठाएको रेमिट्यान्सले मुलुक चलेको हुन्छ । त्यसकारण सरकारले राहदानी पनि नागरिकता सरह बनाउनुपर्नेमा उल्टै तोकिएको मुल्यमा पनि दिन, हप्ता, महिना भनेर समय अनुसार १० हजार, १५ हजार तोक्नु कति जायज हो ।

१५ हजार भनिनु व्यापारीकरण नभएर के हुन्छ ? १५ हजार तिर्दा एकै दिनमा हुने १० हजार तिर्दा तीन लाग्ने आधार के ? भन्ने प्रश्न सर्वसाधरणको छ ।



प्रतिक्रिया दिनुहोस्