Logo

विश्वकै खतरनाक कारागार



आपराधिक न्यायको कुरा आउँदा हामी अपराधीहरुको लागि कारागार नै सोच्ने गर्छौ । अपराधीहरुलाई कारागार नै हुनु पर्छ भन्ने सबैको धारणा छ । यस्तो पनि कारागार छन् जहाँ अपराधीले सजाय भन्दा बढी कष्ट भोग्नु पर्छ । यस्तो प्रकारको कारागारहरु हरेक देशमा छन् तर, भेनेजुएलामा रहेको कारागार विश्वकै खतरनाक मध्ये एकमा पर्छ । यो कारागारमा भेडाहरुलाई राखे जस्तै मानिसहरुलाई राखेर विभिन्न किसिमको यातना समेत दिने गरिन्छ ।

विश्व कै सबै भन्दा बढी हत्याको दर हुने देशहरुमा भेनेजुएला पनि पर्छ । यस कारण पनि त्यहाँको कारागारको निर्माण खतरनाक किसिमले भएको जनाइएको छ । धेरै देशहरुमा कारागारको पुरानो कैदीहरुले कारागार रेख–देख र संचालन समेत गर्छन् । भेनेजुएलामा करिब ८० प्रतिशत कारागारहरु सशस्त्र कैदीहरूद्वारा सञ्चालित छन् । यस मध्ये सबै भन्दा बढी खातरनाक र बढी कैदीहरु हुने कारागार सबनेटा कारगार हो । यो कारागारमा करिब ४ हजार कैदी रहेको छ भने तिनीहरुलाई बस्नको लागि बनाइएको कोठा करिब ७०० मात्रा रहेको जनाइएको छ ।

सबनेटा कारगार फोहर, खतरनाक, भीडभाड, र अपेक्षित समेत छ । यो कारगारमा गिरोहको लडाई अत्याधिक मात्रामा हुने गर्छ । नयाँ कैदीले आफु सुत्नको लागि सिट पैसा तिरेर सुरक्षित राख्नु पर्ने कारागारको पूरानो कैदीहरुले बनाएको नियम हो । कारागारमा प्रहरी भन्दा गिरोहहरु कानुन बनाउन धेरै सक्रिय हुने जनाइएको छ । गिरोहलाई पैसा नदिए नयाँ कैदीहरुले केही सुविधा नपाउनेसँगै शैचालयमा आउने फोहोर पानी सेवन गर्नु पर्ने बाध्यता रहेको छ ।

यो कारागारमा ठूलो झै–झगडा हुनेगर्छ । यो कारागारमा सुरक्षा कडा भएता पनि विभिन्न किसिमको हात हतियारहरु झगडामा फेला परेको जनाइएको छ । कारागारमा हुने अमानवीय व्यवहारको कारण सबनेटालाई नरकसँग तुलना गरिन्छ । Photo Source: youtube

 

 



प्रतिक्रिया दिनुहोस्