Logo

टिकटकलाई प्रचार माध्यम बनाउँदै आइएसआइएस



आतंकवादी संगठन आइएसआइएसले आफ्नो प्रचार प्रसारको लागि टिक–टक एपको प्रयोग गरेका छन् । सामाजिक सञ्जालको सबै भन्दा लोकप्रिय एप टिकटकलाई उनीहरुले आफ्नो माध्यम बनाएका आफ्नो संस्थाको तीव्र गतिमा प्रचार प्रसार गरिएको छन् । टिक–टकमा आइएसआइएसका सदस्यहरुले बन्दुक, बम र विभिन्न प्रकारको हिंसक भिडियोहरु बनाएर सेयर गर्ने गरेका छन् । यसको लोकप्रियता युवक वर्गमा निकै बढेको देखिन्छ ।

आइएसआइएस सदस्यका थुप्रै खाताहरु टिक–टक कम्पनीले बन्द समेत गरेका थिए । भिडियोसँगै आइएसआइएसका फलोअर पनि अत्याधिक संख्यामा बढेको देखिएको छ । टिक–टकले आफ्नो नियमविपरीत हिंसात्मक गतिविधिमा रोक लगाएपछि विभिन्न एल्गोरिथ्म प्रयोग गरेर आइएसआइएसले आफ्नो खाता खोल्ने गरेको छ । यसरी संचालनमा आएको खाताहरु पहिचान गर्न कम्पनिलाई निकै गार्हो हुन्छ ।

फस्बुक र यूटूब जस्ता कम्पनीले पनि विभिन्न किसिमको प्रोटोकल लगाउँदा पनि खाता खोलेर हिंसक गतिविधिहरुमा संलग्न गराउन युवक वर्गलाई प्रोतशाहन गरेको कम्पनीले दाबी गरेको छ । यस्ता प्रकारको गतिविधिलाई न्यूनीकरण गर्न काम्पनीहरुले निकै ठुलो चुनौती सामना गर्नु परेको कम्पनीले जनाएको छ ।Photo Source: The Sun , Youtube



प्रतिक्रिया दिनुहोस्