Logo

छ जुवाडे नियन्त्रणमा



काठमाडौं, ५ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित अर्जुन तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दिलिप जैसवाल लगायत ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट नगद ३१ हजार २ सय ८५ रुपैयाँ सहित ४ कात्तिकको दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त रकम सहित नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्