Logo

१६ वर्षीया किशोरी माथि क्याफेमा बलात्कार



ललितपुर, ५ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका ५ लेले घर भई हाल सोही स्थान बस्ने सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेल घर भएका बिशाल तिमिल्सिनालाई ४ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको खबर पश्चात महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्