Logo

दुबईका प्रहरीले चलाउँछन् सुपरकार (तस्बिर र भिडियो सहित)



विश्वमै प्रहरी निकायले धेरै ठुलो भूमिका खेल्ने गर्छ । प्रहरी निकायले समाजमा अनैतिक कार्य गर्ने अपराधीलाई छानबिन गरेर सजाए दिने काम गर्छ । प्रहरी निकाय एक निष्पक्ष कार्य गर्ने निकाय हो । यस कारण प्रत्येक देशका सरकारले प्रहरीलाई समय अनुसार व्यवस्थित र पूर्ण रुपले प्राविधिक माध्यम दिनु पर्ने सरकारको दायित्व हो । प्रहरीले प्रयोग गर्ने बन्दुक, गाडी र विभिन्न सामग्रीहरु निकै भरपर्दो हुन अति आवश्यक देखिन्छ ।

प्रायः देशहरुमा यस्ता कुराको कमी छ । तर, दुबईमा सरकारले प्रहरीलाई प्रयोग गर्ने बन्दुक, गाडी र विभिन्न प्राविधिक माध्यमहरु विशिष्ट श्रेणीको दिने गर्छ । त्यस मध्ये दुबई सरकारले प्रहरीलाई दिएको गाडीहरु विश्वकै सबै भन्दा महँगो गाडीमा पर्छ । दुबईमा चोरलाई प्रहरी भन्दा छिटो र टाडा भाग्न नदिने सरकारको मान्यता रहेको छ ।

सबै भन्दा छिटो गतिमा कुद्ने गाडी देखि लिएर स्नाइपर समेत खतरनाक रहेको जनाइएको छ । बुगाटी भेयरन, लाम्बोर्गिनी, फेराारी, मर्सिडीज, बेंटले जस्ता तूफान गतिमा गुड्ने गाडीहरु प्रहरीलाई प्रदान गरिएको छ । नयाँ किसिमको प्रविधि, गाडी र बन्दुकहरुले प्रहरीबललाई पनि काम गर्न प्रोत्साहन गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्