Logo

ट्रकमा लुटपाट गर्ने प्रहरी नियन्त्रणमा



महोत्तरी, ५ कात्तिक । लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका १० स्थित बरमथान बस्ने रबिन तामाङलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

बर्दिवास नगरपालिका १० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जाँदै गरेको ना.३ ख ९५६७ नम्बरको ट्रक चालकलाई कुटपिट गरी साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटपाट गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

अपरिचित चार जना व्यक्तिहरुले ट्रक रोकी लुटपाट गरेको खबर पश्चात प्रहरी चौकी खैयरमाराबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न मध्यका तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्