Logo

प्रकाण्ड पक्राउ नपरेको जानकारी, समाचारप्रति क्षमा



काठमाडौं, ५ कात्तिक । विद्रोही नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्ड पक्राउ नपरेको जानकारी प्राप्त भएको छ । उनी निकट स्रोतले विप्लव भूमिगत अवस्थामा सक्रिय रहेको जानकारी दियो ।

प्रहरीको उच्च स्रोतले पनि प्रकाण्ड पक्राउ परेको हल्ला चलेपछि पुष्टिका लागि बुझेपछि उनी पक्राउ नपरेको जानकारी दिएको छ । यद्यपि विप्लव नेतृत्वको नेकपाका केही नेताहरु पक्राउ परेको जानकारी दियो ।

प्रकाण्ड पक्राउ परेको र त्यसको भेरिफाई गर्न खोजिएको प्रहरीको उच्च स्रोतले बताएको थियो । यसैका आधारमा रिपोर्टर्स नेपालले समाचार प्रकाशन गरेको हो ।

समाचार सत्य नभएको जानकारी गराउँदै रिपोर्टर्स नेपाल आफ्ना पाठकसँग क्षमा चाहन्छ । रिपोर्टर्स नेपालले समाचारको पुष्टिका लागि सम्बन्धित पक्षहरुसँग जानकारी लिएको आधारमा प्रकाशित गरेको र पछि पुष्टि नभएको जानकारी समेत गराउँछ ।
File Photo



प्रतिक्रिया दिनुहोस्