Logo

कता जाँदै छ साम्राज्ञीको फिल्मी करियर



अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको फिल्मी करियर अहिले न यता न उताको अवस्थामा छ । पछिल्लो समय साम्राज्ञी अभिनीत कुनै चलचित्र बक्सअफिसमा सफल नभएपछि यो समस्या आएको हो । त्यसमाथि उनी एकपछि अर्काे विवादमा होमिएसँगै तारिफ भन्दा गाली गर्नेको संख्या ठूलो भएको छ ।

केहीसमय यता साम्राज्ञी विभिन्न अभिव्यक्ति र फोटो विवादमा सबैको केन्द्र भएकी छिन् । उनको श्रृंखलाबद्ध विवादका कारण पनि पछिल्ला फिल्मले हलमा दर्शक तान्न असफल भएको मानिन्छ । विवादका कारण उनले फ्यान फलोइंगको ठूलो हिस्सा गुमाइसकेकी छिन् ।

गएको भदौ प्रदर्शनमा आएको फिल्म ‘मारुनी’ मा पनि उनको स्टारडमले काम गरेन । ट्रान्सजेन्डर युवतीको भूमिका निर्वाहा गरेकी साम्राज्ञीको यो फिल्मले इनिसियल व्यापार पनि राम्रो गर्न सकेन । यो फिल्म रिलिजको एक महिनापछि उनको नयाँ फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शनमा आयो । अशोक शर्मा निर्देशित यो फिल्मले पनि असफलता मात्रै प्राप्त गर्यो । बक्सअफिसमा दुईवटा फिल्म लगातार असफल भएपछि फिल्मवृतमा उनको स्टारडम ध्वस्त भएको टिका–टिप्पणी भइरहेको छ । अहिलेका चल्ती अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहेको फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीले फिल्मी क्षेत्रमा डेब्यू गरेकी थिइन् ।

‘रातो टिका निधारमा’ पछि साम्राज्ञीले कुन फिल्म गर्दैछिन् भन्ने कौतुहलता धेरैलाई छ । निर्देशक हेमराज विसीको अब आउने नियाँ फिल्म ‘शुभ विवाह’ मा उनीले पहिला नै साइन गरेकी थिइन् । पुषको अन्तिमबाट छायांकन सुरु हुने यो फिल्मको नाम भर्खर राखिएको हो । साम्राज्ञी अहिले अरु फिल्म नगर्ने मनस्थितिमा छिन् । दर्शकहरु अब आउने फिल्मले साम्राज्ञीको डुब्न लागेको फिल्मी करियरमा उकास हुन्छ कि भन्ने आशामा छन् । Photo Source: Samragyee RL Shah Facebo



प्रतिक्रिया दिनुहोस्