Logo

चोरी मुद्धाका फरार प्रतिवादी नियन्त्रणमा



लहान, ६ कात्तिक । चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका–२ निवासी धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी रामचन्द्र गडेरी, सिरहा नगरपालिका–१९ निवासी ज्ञानचन्द्र मुखिया, ७ निवासी बालकृष्ण मुखिया र ५ निवासी लखिपतदेवी साहलाई प्रहरीले ५ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

महरा र मुखिया कुटपिट मुद्दाको फरार अभियुक्त हुन् भने गडेरी चोरी तथा बालकृष्ण मुखिया र लखिपतदेवी साह लेनदेन मुद्दामा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्