Logo

उखु पेल्ने मेसिनसहित प्रहरी नियन्त्रणमा



कपिलवस्तु, ६ कात्तिक । प्रहरीले दुई जनालाई उखु पेल्ने मेसिनसहित नियन्त्रणमा लिएको छ । महाराजगंज नगरपालिका २ बस्ने मुरली पासी र बाबुलाल पासीलाई प्रहरीले ५ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

यसोधरा गाउँपालिका ७ सोमडीबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब २ लाख रुपैयाँ मूल्य बराबरको उक्त मेसिन सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्