Logo

दुई भन्दा बढी सन्तान जन्माउने सरकारी जागिरका लागि अयोग्य, चुनाव लड्न नपाउने



दुई भन्दा बढी सन्तान जन्माउने जागिरका लागि अयोग्य हुने भएका छन् । दुईभन्दा बढी सन्तान जन्माएपछि सरकारी सेवामा जान अयोग्य ठहराइने नियम भारतका कतिपय राज्यहरुमा धमाधम बन्न थालेका छन् ।

भारतको उत्तरपूर्वी राज्य आसामले सन् २०२१ देखि लागू हुनेगरी दुईभन्दा बढी सन्तान जन्माउने सरकारी सेवामा जान अयोग्य हुने नियम बनाउने निर्णय गरेको हो । राजस्थानले पनि दुईभन्दा बढी सन्तान हुनेलाई सरकारी जागिरका लागि अयोग्य ठहर्याउने नियम बनाइसकेको छ ।

राजसंस्थानको पञ्चायत ऐन १९९४ ले दुई भन्दा बढी सन्तान जन्माउनेलाई चुनावमा समेत उम्मेदवार हुन नपाउने उल्लेख गरेको छ । तर, एक सन्तान अपाङ्ग भएमा थप एक सन्तान जन्माउन पाउने नियम बनाएको छ ।

मध्य प्रदेशले सन् २००१ बाट सरकारी सेवामा जान दुईभन्दा बढी सन्तान हुन नहुने नियम बनाइसकेको छ ।

गुजरात, महाराष्ट्र, उत्तराखण्ड ओडिसालगायतका राज्यहरुमा दुईभन्दा बढी सन्तान भएकाले स्थानीय चुनावमा सहभागी हुन नपाउने नियम बनाइसकेका छन् । भारतमा जनसंख्या तिव्र रुपमा बढेपछि विभिन्न राज्यहरुले जनसंख्या बढ्न नदिने उद्देश्य अनुरुप यस्ता नियम बनाएका हुन् ।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्