Logo

“सुपर प्लस साइज मोडल नेपाल २०२०” को तेस्रो संस्करण हुँदै



मोटी युवतीहरुलाई लक्षित गरेर गर्दै आएको “सुपर प्लस साइज मोडल नेपाल” को तेस्रो संस्करण आयोजना हुने भएको छ । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतिमा यो कार्यक्रम हुन लागेको हो । यो प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती महिलाहरुले भाग लिन पाउने छन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । मोडल सङ्स नेपालको कार्यालयबाट ५ कात्तिकबाट अडिसनमा भाग लिन फारम वितरण सुरु गरिएको छ ।

आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कात्तिक ३० गते अडिसन हुने जनाएका छन् । अडिसनबाट छनौटमा परेका प्रतिस्पर्धीलाई एक महिना नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।
प्रतियोगिता आयोजना गर्न लागिएको ओमानियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्राले यो प्रतिस्पर्धा मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले गरिएको जनाएकी छिन् ।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ड टप प्लस साइज, २०२०’ मा सहभागिता जनाउन पाउनेछन् भने उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्