Logo

नोबल विजेता बेनर्जीलाई मोदीले भेटे



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोबल पुरस्कार विजेता अविजित बेनर्जीसँग मंगलबार भेटेका छन् । भारतीय मूलका अमेरिकी अर्थशास्त्री बेनर्जीसँगको भेट निकै राम्रो भएको मोदीले उल्लेख गरेका छन् ।

बेनर्जीको उपलब्धिप्रति भारतले गर्व गर्ने भन्दै भेट निकै फलदायी भएको लेखेका छन् । भारतीय जनता पार्टीका नेता समेत रहेका उद्दोग तथा वाणिज्यमन्त्री पिउस गोयलले बेनर्जी वामपन्थी विचारधाराको भन्दै आलोचना गरेका थिए । बेनर्जीको आर्थिक विचारधारा वामपन्थी भएको र त्यसलाई भारतीय जनताले अस्वीकार गरिसकेको गोयलको भनाई आएपछि कँग्रेस आईका नेताहरुले कडा प्रतिक्रिया जनाएका थिए ।

बँगालमा जन्मिएर नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका बेनर्जी वामपन्थी विचारधाराका हुन् । तर उनले व्यवसायिक जीवनमा पूर्वाग्रहभन्दा माथि उठ्ने गरेको बताउँदै आएका छन् ।
तस्बिरः मोदीको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्