Logo

गान्धारीको बोकासँग पहिलो बिहे



गान्धारीले आजीवन आँखामा पट्टी बाँध्ने प्रतिज्ञा गरेकी थिइन् । उनले नेत्रहीन धृतराष्टसँग विवाह गर्न यसो गरेकी थिइन् । उनीहरुबाट एक सय सन्तानको जन्म भएको थियो ।

गान्धारीको विवाह महाराज धृतराष्ट्रसँग गर्नुभन्दा पहिले ज्योतिषले गम्भीर खतरा औल्याएका थिए । सल्लाह पनि दिएका थिए । पहिलो विवाह विवाहमा संकट रहेको औल्याएका थिए । । उनको पहिलो विवाह बोकासँग गरिदिए । विवाह पछि बोकाको बली दिइएको थियो ।
भनिन्छ कि गान्धारीको कुनै प्रकारको प्रकोपबाट मुक्त गर्नका लागि ज्योतिषीले यस्तो सुझाव दिएका थिए । बोकाको बलीका कारण उनलाई विधवा मानियो र पछि उनको विवाह धृतराष्ट्रसँग भएको थियो ।

गान्धारी एक विधवा थिइन् । उनी विधवा भएको लामो समयसम्म कौरवहरुलाई थाहा थिएन । पछि कौरवहरुले थाहा पाए । महाराज धृतराष्ट्रले यो थाहा पाए र क्रोधित भए । उनले सम्झे कि गान्धारीको अरु कसैसँग विवाह भइसकेको थियो ।



प्रतिक्रिया दिनुहोस्