Logo

यी गल्तीले घरमा लक्ष्मीको बास हुँदैन



साँझमा बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यता रहिआएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख संम्पन्नता र सधै माता महालक्ष्मीको बास होस् भन्ने मनोकांक्षा सबैको रहेको हुन्छ ।
हिन्दु धर्मअनुसार यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम भएमा धन र समृद्धिले कहिले पनि छोड्ने छैन ।

जुन व्यक्ति लक्ष्मीको कृपा चाहन्छ, धनवान बन्न चाहन्छ निम्न कुरामा सचेत हुनुपर्दछ ।

१. जुन व्यक्ति फोहोर कपडा धारण गरी सरसफाईमा ध्यान दिर्दैन त्यस्तो व्यक्तिको घरमा लक्ष्मीले कहिल्यै बास गर्दिनन् । यस्ता व्यक्तिलाई समाबाट पनि मान सम्मान मिल्दैन । तथा समस्याको सामाधान गर्नु पर्ने हुन्छ ।

२. जुन व्यक्ति नियमित रुपमा दाँतको सरसफाई गर्दैन त्यस्ता व्यक्तिको घरमा पनि महालक्ष्मीले बास गर्दिनन् । जुन व्यक्ति बिहान दाँत सफा गर्दैन उसको नजिक दुर्गन्ध फैल्दै जान्छ यस्ता व्यसक्तको नजिक पनि लक्ष्मीले प्रवेश गर्दिनन् । यस्ता व्यक्तिसँग कोही पनि मानिस नजिकबाट गफ गर्न चाहदैन ।

३. जुन व्यक्ति चाहिए भन्दा बढी खाना खाान्छ, खाने कुरामा कुनै नियन्त्रण गर्न सक्र्दैन, हरेक समय खाने कुराको बारेमा मात्र सोचिरहन्छ यस्ता कुरामा महालक्ष्मीलाई खुशी हुन्नन् । भोक भन्दा बढी भोजन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । बढी तौलका कारण विभिन्न रोग लाग्ने गर्दछ ।

४. यदि कोही व्यक्ति अल्छी छ कुनै पनि कामका लागि जागर देखाउदैन भने यस्ता व्यक्तिको घरमा पनि लक्ष्मीले बास गर्दिनन् । अल्क्ष्छीको कारण धन कमाउने सम्बन्धी काममा कहिलयै सफलता मिल्दैन ।

५. जुन व्यक्ति कठोर भाषाको प्रयोग गर्छ , आफ्नो बोलीको कारण दोस्रो व्यक्तिको ठेस पुर्याउँछ यस्ता व्यक्तिसँग पनि लक्ष्मी प्रशन्न हुन्नन्

६. जुन व्यक्ति विनाकारण सुतेमा लक्ष्मी रिसाउछिन् । सुर्योदय वा सूर्यास्तको समयमा देवी देवताको लागि पुजापाठको समय हो । यस समय सुत्नु हुदैनन ।



प्रतिक्रिया दिनुहोस्