Logo

बाहुबली प्रभासको थाहा नभएको केही पक्षहरु



आज “बाहुबली” स्टार प्रभासको जन्मदिन हो । प्रभास आजबाट ४० वर्ष लागेका छन् । अहिलेसम्म अविवाहित रहेका उनीलाई फ्यानहरुले एउटै प्रश्न गर्ने गरेका छन्, “विवाह कहिले गर्ने ?” । अहिलेसम्म प्रभासको वैवाहिक जीवनको गाठो कोसँग कहाँ जोडिन्छ भन्ने कसैलाई थाहा छैन ।

धेरैलाई प्रभासको वास्तविक नाम पनि थाहा नहुन सक्छ । प्रभासको नामले सबैको मन जित्न सफल यी अभिनेताको नाम “बेंकटा सत्यनारायणा प्रभास राजु अप्पलापति” हो । उप्पलापति सूर्य नारायण राजु र शिव कुमारीको कोखबाट प्रभासको जन्म चेन्नाईमा भएको थियो । प्रभास तेलगू फिल्मी क्षेत्रका शत्रुघ्न सिन्हाका नामले प्रचलित उप्पलापति कृष्ण राजुका भतिजा हुन् ।

जीक्यु पत्रिकाले २०१७ को सबैभन्दा प्रभावशाली युवा सूचीको छैठौं स्थान प्रभासलाई राखेको थियो । बाहुबलीको दुई संस्करणबाट प्रभासको नाम देशको कुना काप्चामा फैलिएको हो ।

निर्देशक एसएस राजामौली निर्देशित फिल्म बाहुबलीले राता रात चर्चाको शिखरमा पुर्याएको थियो । १० दिनमा एक हजार करोड कमाउने प्रभास पहिलो बलिउड अभिनेता हुन् । प्रभासको बाहुबली भारतमा १५ सय करोडको क्लबमा सम्मिलित भएको थियो । यो क्लबमा सम्मिलित हुने प्रभास पहिलो स्टार पनि हुन् । प्रभासको बाहुबली १, बाहुबली २ र साहो गरेर कुल बजेट ८ सय करोड रहेको थियो ।

उनले बाहुबलीको भूमिका निर्वाह गर्न ठूलो संघर्ष गरेका थिए । लगभग २० किलोग्राम शुद्ध मांसपेशीको लागि प्रभासले मांसाहारी आहारको तालिका बनाएका थिए । शरीर बनावटको लागि प्रभासले कडा परिश्रम गरेका थिए । यही समयअवधिमा उनले आफ्नो मन पर्ने खाना बिर्यानी हो भन्ने पत्ता लगाए र उनले १५ प्रकारका बिर्यानीहरु खाए ।

प्रभासको सदाबहार तेलगू फिल्महरु १९७६ को भक्त कन्नप्प हो । प्रभास राजकुमार हिरानी निर्देशित फिल्महरु हेर्न खुब रुचाउँछन् । मुन्ना भाइ एमबिबिएस र ३ इडियटस् उनले लगभग २० पटक हेरेको जनाइएको छ । प्रभास हलिउड अभिनेता रोबर्ट डी नीरोको फ्यान रहेको जनाइएको छ ।File Photo



प्रतिक्रिया दिनुहोस्