Logo

ओलीको प्रस्ताव केसीले स्वीकारे, उपनिर्वाचनमा तालमेल



काठमाडौं, ६ कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि तालमेल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्विकारेका छन् ।

उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनाउने सहमति भएको अध्यक्ष केसीले जानकारी दिए । आज विहान प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा यस्तो सहमति भएको केसीले जनाए ।



प्रतिक्रिया दिनुहोस्