Logo

करोडौं कमाउने अभिनेत्रीको शैक्षिक योग्यता कति



बलिउडमा करोडौं कमाउने अभिनेत्रीको सूचीमा पर्छिन् नायिका करिश्मा कपूर । करिश्मा अभिनेत्री करिना कपूरकी दिदि हुन् । फिल्म “प्रेम कैदी” बाट फिल्मी यात्रा सुरु गरेकी करिश्माको शौक्षिक योग्यता भने ६ कक्षा मात्र हो । नीलो आँखा भएकी करिश्मा अझै पनि पहिला जस्तै सुन्दर छिन् । उनको वर्षिक कमाई भारु ८८ करोड अनुमान गरिएको छ ।

करिश्मालाई उनकी आमाले मायाले लोलो भनेर बोलाउने गरेकी छिन् । कक्षा ६ मात्रा अध्ययन गरेर फिल्मी करियर सुरु गरेकी करिश्माले बलिउडमा थुप्रै राम्रा फिल्महरु दिएकी छिन् । उनले धेरै फिल्महरु अभिनेता गोविन्द आहुजासँग गरेकी छिन् ।

अभिनेत्री करिश्मालाई फिल्म “दिल तो पागल है” बाट बेस्ट सपोर्टिङ्ग एक्ट्रेस अवार्ड मिलेको थियो । करिश्मा अभिनीत फिल्म “राजा हिंदुस्तानी” बाट पहिलो फिल्मफेयर अवार्ड मिलेको थियो । अहिले करिश्मा फिल्मबाट टाढा छिन् । उनी एकल आमाको रुपमा आफ्नो सन्तानसँग समय बिताइरहेकी छिन् । सन्जय कपूरसँगको १३ वर्षे वैवाहिक सम्बन्ध अन्त्य गरेर उनी करिब ३ वर्षदेखि अभिनेत्री करिनाको अपार्टमेन्ट नजिकै आफ्नै दुई सन्तानहरुसँग रमाइरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्