Logo

ट्रक कन्टेनरमा ३९ शव



बेलायतमा ट्रक कन्टेनरमा ३९ जनाको शव फेला परेको छ । एसेक्समा कन्टेनरमा फेला परेकोमा ३८ जना पाका र एकजना किशोरावस्थाका छन् । शव फेला परेपछि त्यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुल २५ वर्षीय ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गरेका छन् । उत्तरी आयरल्यान्डका बासिन्दा ती चालकमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

इसेक्स प्रहरीलाई उदृत गर्दै बीबीसीले बल्गेरिया हुँदै ट्रक शनिबार बेलायत प्रवेश गरेको बताएको छ । कन्टेनरको रंग सेतो छ भने ट्रकको अगाडिको भाग प्याजी र सेतो रंगको छ । निकै ठूलो कन्टेनर योजनावद्ध तरिकाले बेलायत छिराइएको हुनसक्ने बताइएको छ ।

ट्रक कन्टेनरमा ल्याइएकाहरु मानव तस्करहरुको योजना हुनसक्ने जनाइएको छ । लामो यात्राका क्रममा उनीहरु निसास्सिएर मरेको हुनसक्ने बताइएको छ ।
विगतमा पनि बेलायतमा यस्तै घटनाहरु भएको थियो । यूरोपमा गैरकानुनी रुपमा प्रवेश गर्न खोज्दा कन्टेरनमा राखिएकाहरु निसास्सिएर जीवन गुमाउन पुगेका थिए ।

-एजेन्सीको सहयोगमा
Photo Source: zerchoo



प्रतिक्रिया दिनुहोस्