Logo

चीनले हङकङकी प्रमुख कार्यकारी क्यारी लामलाई नहटाउने



चीनले हङकङकी प्रमुख कार्यकारी क्यारी लामलाई नहटाउने भएको छ । हङकङमा महिनौं यता भइरहेको सरकारविरोधी गतिविधिपछि लामलाई हटाएर नयाँ वातावरण सृजना गर्न खोजिएको विषय बाहिर आउँदा चीनले यसलाई निराधार हल्ला भनेको छ ।

फाइनान्सियल टाइम्सले लामलाई हटाएर अन्तरिम कार्यकारी ल्याउन लागिएको समाचार प्रकाशित गरेको थियो । त्यसलाई चीनले राजनीतिक हल्लावाज भन्दै गलत नियत भनेको हो । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनइङले नियमित पत्रकार सम्मेलनमा बुधबार भनिन्, ‘हामी प्रमुख कायृकारी क्यारी लामलाई पूर्ण समर्थन गर्दछौं ।’ उनको प्रशासनले हिंसा रोकेर स्थिति नियन्त्रणमा लिने कदमको समेत समर्थन गर्ने बताइन् ।

लामलाई हटाएर अर्को व्यक्तिलाई ल्याउन लागिएको चर्चा चलिरहँदा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताको पछिल्लो भनाई आएको हो । चीनमा भइरहेको गतिविधिप्रति चिनियाँ राष्ट्रपति सी जिनपिङले कडा भनाई बाहिर ल्याउँदै कठोर कदम चाल्ने चेतावनी समेत दिएका छन् ।
-एजेन्सी



प्रतिक्रिया दिनुहोस्