Logo

२०२० मा नेपाल भ्रमण वर्ष मनाइरहँदा भुटान बन्यो विश्वकै उत्कृष्ट गन्तव्य



सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाइरहँदा भुटान २०२० का लागि उत्कृष्ट गन्तव्यमा छानिएको छ । आर्थिक वृद्धिले भन्दा खुशीका कारण विश्वकै सफल देशमा गनिएको भुटान उत्कृष्ट गन्तव्यमा छानिएको हो ।

लोनली प्लानेट नामको ट्राभल गाइड पब्लिसरले मंगलबार सार्वजनिक गरेको भ्रमणका लागि उत्कृष्ट दश गन्तव्य देशमा भुटान पहिलो नम्बरमा परेको हो । भुटानको प्राकृतिक सुन्दरता, पृथक अनुभव र सानदार अवस्थाका कारण भुटानलाई उत्कृष्ट गन्तव्यमा छानिएको उल्लेख छ । भुटान २०२० मा संसारकै पहिलो अर्गानिक देश बन्दैछ ।

इंग्ल्यान्ड दोस्रो स्थानमा परेको छ भने मेसोडोनिया तेस्रो स्थानमा परेको छ ।

१. भुटान
२.इंग्ल्यान्ड
३.मेसोडोनिया
४.अरुबा
५.इस्वाटिनी
६. कोस्टारिका
७.नेदरल्यान्ड
८. लाइबेरिया
९. मोरक्को
१०. उरुग्वे



प्रतिक्रिया दिनुहोस्