Logo

भ्रमण वर्ष नजिकिदै, पर्यटकीय सम्भावनाको खोजी नै भएन



काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन २ महिना मात्रै बाँकी छ । तयारी केही छैन । २० लाख पर्यटक एक वर्षभित्रमा कसरी नेपाल भित्रिन्छन् भन्ने आधार नै छैन । पर्यटकलाई आकर्षित गराउने धेरै आधार भए पनि त्यसको प्रचार र संरचना निर्माण हुन सकेको छैन । पर्यटन व्यवसायसँग सम्बन्धित दर्जनौँ खेलहरु नेपालमा सम्भव छ ।

तर सरकारले ति खेललाई महत्व दिन सकेको छैन । अहिले वार्षिक १२ लाखको हाराहारीमा पर्यटक आइरहेका छन् । यो संख्या बढाएर २० लाख पुर्याउनका लागि सरकारले केही पनि गर्न सकेको छैन । नेपाल पर्यटकीय गन्तव्यका हिसाबले विश्वमै उत्कृष्ट मुलुकमा पर्छ ।

तर यहाँ भएका सम्भावित गन्तव्यस्थल न व्यवस्थित छन्, न पर्याप्त प्रचार प्रचार नै । नेपालमा पर्यटक रामाउने धेरै माध्यमहरुमध्ये पर्यटन खेल महत्वपूर्ण मानिन्छ । नेपालमा प्याराग्लाइडिङ, बन्जि जम्प, रक क्लाइम्बिङ, हकी, स्कीङ, आइसकेटिङ जस्ता खेल नेपालमा सम्भव छ । तर यसका लागि भौतिक संरचनाको अभाव छ । नेपाल भ्रमण वर्ष नजिकिदै गर्दा निजी क्षेत्रका पर्यटन व्यवसायीहरु सम्भावनाबारे छलफलमा छन् । सरकार पनि सकारात्मक छ । तर अब ढिला भइसकेका छ ।

नेपालका नदीहरुमा ¥याफ्टिङ, बोटिङ गर्न पर्यटकहरु निकै रुचाउँछन् । त्यसैगरी जिप फ्लाइङ, हिमाल आरोहणकै लागि लाखौँ पर्यटक आउँछन् । भ्रमण वर्षमा आउने पर्यटकलाई विगत वर्षकाभन्दा बढि केही व्यवस्था हुन सकेको छैन । समग्रमा भ्रमण वर्षको तयारी नै नपुगेको नेपाल ट्रेकिङ एजेन्सीज संघका निवर्ततमान अध्यक्ष नवराज दाहाल बताउँछन् ।

सन् २०२० मा हाल १२ दिनको पर्यटक बसाई अवधिलाई लम्बाएर १५ दिन पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने भ्रमण बर्षको लक्ष्य रहेको छ । त्यस्तै विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत पु¥याउने लक्ष्य पनि राखिएको छ । यस्ता लक्ष्य पूरा गर्नका लागि अब धेरै समय बाँकी छैन । त्यसैले जतिसक्दो चाँडो सरकार र सम्बन्धित निकाय भ्रमण वर्ष सफल बनाउन प्रतिवद्ध हुनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्