Logo

नेताहरु धामधम समातिन थालेपछि विष्णु पौडेललाई डर



राजनीतिक दलका नेताहरु आपराधिक घटना र गैरकानुनी गतिविधिमा धमाधम मुछिएर कारबाहीमा पर्न थालेपछि कतिपय नेताहरु भयभित भएका छन् । कुन न कुनै गल्ती गरेकाहरु कुनैपनि बेला आफूमाथि अभियोग लागेर कारबाही हुनसक्ने कारण भयभित भएका हुन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा जर्बजस्ती प्रकरणमा प्रहरी नियन्त्रणमा छन् । नेपाली काँग्रेसका सांस मोहम्मद अफताब आलम १२ वर्ष अघिको हत्याकाण्डमा मुछिएका छन् । काँग्रसकै सांसद देवेन्द्रराज कँडेलमाथि दोहोरो नागरिकताको अभियोग छ ।

सबै दलका नेताहरु मुछिरहँदा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि भयभित छन् । उनीमाथि बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्ने चलखेलमा संलग्न भएको आरोप लाग्दै आएको छ । ललिता निवासमा पौडेल परिवारको झण्डै आठ आना जग्गा पनि भेटिएको छ ।

नेकपा महासचिव पौडेलमाथि ललिता निवासमा जग्गा हात पारेको आरोप छ । ललिता निवासमा जग्गा हात पार्नेहरुमाथि अख्तियारले बयान लिइसकेको छ । यो मामलासँग जोडिएका काँग्रेस उपसभापति विजयकुमार गच्छेदारमाथि बयान लिने चर्चा चलिरहेको छ ।

ललितानिवास प्रकरणमा परिवारका सदस्यका नाममा जग्गा समेत भएकाले पौडेल चिन्तित छन् । उनले आफू उक्त प्रकरणमा संलग्न नभएको दाबी गर्दै आएपनि तानिनसक्ने सम्भावना उत्तिकै छ । ओली सरकारले हस्तीहरुलाई विभिन्न प्रकरणमा तानिरहँदा जोकोही पनि कारबाहीमा पर्नसक्ने अवस्था छ । यसमा दबाब पनि बढ्न थालेकाले पौडेलमा डर बढेको हो ।
File Photo



प्रतिक्रिया दिनुहोस्