Logo

उपेन्द्रलाई गौर हत्याकाण्ड व्युँतिने डर



काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका केन्द्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई २०६३ चैत ७ गते रौतहटको गौरको राईसमिलमा घटेको ‘गौर हत्या काण्ड’ व्युँतिने डर छ । तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएको वर्ष दिन नपुग्दै भएको रौतहटको गौर हत्या काण्डमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।

उनीहरुको निर्मम हत्या भएको थियो । उक्त घट्ना हुँदा २०६३ सालको अन्तरिम संविधान जलाएर मधेश आन्दोलनको नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए-उपेन्द्र यादव । उनकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरि निर्मम हत्या गरेको तत्कालिन माओवादीले दाबी गरेको थियो ।

त्यतिवेला माओवादी सरकारमा थियो । उता, मधेसी जनअधिकार फोरम भने मधेश आन्दोलनमा थियो । उक्त गौर हत्या काण्डमा माओवादीका २७ जना कार्यकर्ताहरु ठाउँको ठाउमै मारिएका थिए भने एक जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको भनिएको छ । त्यतिवेला कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्री थिए । र, जिल्ला प्रहरी प्रमुख (एसपी) रामकुमार खनाल थिए ।

उक्त नरसंहार हत्याकाण्डको शुरुवात उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन मधेसी जनअधिकार फोरम र तत्कालिन नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का एकै स्थानमा कार्यक्रम गर्ने सिलसिलामा भएको भनिएको थियो । तर, फोरमको कार्यक्रम प्रचार हुनुभन्दा पहिल्यै सो स्थानमा गर्ने भनी टुंगो लागिसकेको माओवादी निकट निषाद (माझी) मुक्ति मोर्चाको कार्यक्रमको सट्टामा मोर्चाले त्यस दिन कार्यक्रमको आयोजना गरेको र आन्तरिक रुपमा प्रचार समेत गरेको थाहा लाग्यो। सोही कार्यक्रमसँग जुधाउँदै फोरमले पनि त्यही दिन कार्यक्रम गरेको स्थलगत अध्ययनबाट बुझिएको कुरा माई संसार डटकमले उल्लेख गरेको छ ।

त्यतिवेला मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर, टाउको लगायत संवेदनशील स्थानहरुमा जथाभावी घोचेर, महिलाहरुलाई बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको कुरा बाहिर आएको थियो ।

मधेसी राष्ट्रिय मुक्ति मोर्चार्का कार्यकर्ताहरु निःशस्त्र थिए। तर, फोरमका सशस्त्र कार्यकर्ताहरुले ज्यान बचाउन भाग्दै गरेका निशस्त्र र आतंकित मोर्चा कार्यकर्ता तथा र्सवसाधरणहरुलाई गौरभन्दा सात/आठ किलोमिटर टाढासम्म गौंडा कुरेर तथा लखेटी लखेटी हत्या गरेको कुरा पनि बाहिर आएका थिए ।

रौतहटको राजपुरमा २७ चैत २०६४ मा भएको बम बिष्फोटको घट्नामा कांग्रेस सांसद मोहम्मद अफताब आलम अहिले प्रहरी हिरासतमा छन् । उनलाई म्याद थप गरेर अनुशन्धानमा राखिएको छ । स्रोतकाअनुसार अहिले कांग्रेस सांसद आलम पनि १२ वर्षअघि भएको हत्या काण्डमा जेलमा छन् । धमाधम शक्तिशाली व्यक्तिहरु पक्राउ परिरहेको अवस्थामा उपेन्द्रले पनि असुरक्षित महशुस गरेका छन् ।

यादवसँग मधेशी जनता रुष्ट छन् । संविधान संशोधन गराउन सरकारमा गएको यत्तिका महिना बितिसक्दापनि उनले अहिलेसम्म त्यसतर्फ कुनै पहलकदमी नलिएको मधेशी जनताको गुनासो छ । सत्ता र शक्तिको लोभमा फसेको भनेर उपेन्द्रमाथि उनकै कार्यकर्ताहरुले आरोप लगाउन थालेका छन् ।

यो बीचमा उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता गरेर समाजवादी पार्टी बनाएका छन् । बाबुरामले पनि अब सरकार छोड्न ढिलाई गर्न नहुने तर्क गर्दै आएका छन् । पार्टीको बैठक बस्नेबित्तिकै सरकार छोड्ने समाजवादी पार्टीका नेताहरुको भनाई छ । समाजवादी पार्टीको यही कात्तिक २७, २८ र २९ गते केन्द्रिय समितिको बैठक बस्दैछ । उक्त बैठकले सरकारमा रहने वा नरहने भन्नेबारे निश्कर्ष निकाल्ने पनि पार्टीका एक नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस :

आलम पक्राउ काण्डपछि सनसनीपूर्ण खुलासाः घाइतेलाई यसरी इट्टा पोल्ने भट्टामा जिउदै हालिएको थियो



प्रतिक्रिया दिनुहोस्