Logo

जोखिम मोलेर गैरकानुनी तरिकाले विकसित देश छिर्दा २५ सयको ज्यान गयो



रिपोर्टर्स नेपाल । अवसर र सुरक्षाको खोजीमा ठाउँ थलो जान खोज्नेहरु हरेक वर्ष यात्राका क्रममा ज्यान गुमाउँछन् । बेलायतमा ३९ जना ट्रक कन्टेनरमा मृत भेटिएको घटनाले आप्रवासी बन्न जानेको असुरक्षित यात्रालाई अझ उजागर गरेको छ ।

मिसिङ माइग्रेन्ट्सका अनुसार सन् २०१९ मा हालसम्म यात्राका क्रममा २५ सय २४ आप्रवासीको मृत्यु भइसकेको छ । गत वर्ष चार हजार नौ सय ३७ आप्रवासीले ज्यान गुमाएका थिए ।

सबैभन्दा बढी अफ्रिकामा आप्रवासीहरुको मृत्यु हुने गरको छ । यस वर्ष अफ्रिकाका मात्र आठ सय ९९ ले ज्यान गुमाए । दक्षिण र उत्तर अमेरिकाबाट ५८०, एशियाबाट ९२ र थाहानभएको ८२५ जनाले ज्यान गुमाए ।

ज्यानको बाजी लगाएर गैरकानुनी रुपमा अर्को देशमा जान खोज्नेहरुको संख्या वर्षेनी बढ्दो छ । मृत्युको संख्या घटाउने प्रयास भएपनि समस्या बल्झँदो छ । आप्रवासीहरु समुन्द्र र जंगलको कठिन बाटोबाट विकसित भनिएका देशहरु पुग्छन् ।

आखिर किन ज्यानको जोखिम मोलेर मानिसहरु अर्को देशमा जान चाहन्छन् । यसका पछाडि रोजगारीको अवसर र सुविधासम्पन्न जीवनयापन मुख्य कारण देखिएको छ । युद्ध आदि द्धन्द्धका कारण पनि मानिसहरु थालथलोबाट विस्थापित हुनसक्छन्

बर्माका रोहिंग्या मुसलमानहरु जोखिम मोलेर डुंगा चढेर समुन्द्री यात्राबाट अर्को देश घुमिरहेका छन् । ट्रक कन्टेनरमा मानव तस्करमार्फत् जानेहरु पनि छन् । यस्तो अवस्थामा कतिपयले ज्यान गुमाउनसक्छन् ।



प्रतिक्रिया दिनुहोस्