Logo

प्रधानमन्त्री ओलीले भेनेजुएलाका कम्युनिष्ट शासक मडुरोसँग वार्ता गर्ने



काठमाडौं ७ कार्तिक । प्रधानमन्त्री केपी ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग अरजबैजानको राजधानी बाकुमा भेटवार्ता गर्ने भएका छन् ।

असंलग्न आन्दोलन(नाम)को १८ औं शिखर सम्मेलनमा सहभागी हुन विहीबार त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुएलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन ।

यसअघि मडुरोको पक्षमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बक्तब्य निकालेपछि अमेरिकाले आपत्ति प्रकट गरेको थियो ।

प्रधानमन्त्री ओली स्विजरल्याण्ड रहेका बेला दाहालले बक्तत्व निकालेका थिए । भेनेजुयलाको विषयमा अमेरिकालाई चिढ्याएको भन्दै दलभित्र विवाद भएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्