Logo

अमेरिका भन्छ : ‘नेपालमा चिनियाँ प्रभाव बढ्दो’



काठमाडौं ७ कार्तिक । संयुक्त राज्य अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले त्यहाँको एक संसदीय उपसमितिमा नेपालसम्बन्धी व्रिफिङ गर्ने क्रममा उक्त टिप्पणी गरेकी हुन ।

‘नेपालमा चिनियाँ प्रभाव बढ्दो छ। त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,’ उनले ब्रिफिङमा भनेकी छन्, ‘सरकारले तिव्वतीयन बुद्धिष्ट समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ । दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा पनि रोक लगाइएको छ ।’

ब्रिफिङमा उनले नेपालमा जारी भएको फौजदारी अपराध संहिताले जबर्जस्ती धर्म परिवर्तनलाई अपराध मानेकाले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको पनि उल्लेख गरेकी छन् ।

नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा कुनैपनि आस्था राख्ने र धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चतता गरिए पनि व्यवहारमा लागू हुन भने चुनौती रहेको उनको टिप्पणी छ । -कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्