Logo

मेस्सीको नयाँ रेकोर्डको साथ बार्सिलोना विजयी



काठमाडौं, ७ कार्तिक। जारी च्याम्पियन्स लिग फुटबलमा अन्र्तगत गयराती भएको खेलमा बार्सिलोनाले जित हात पारेको छ । बार्सिलोनाले चेक क्लब साल्भिया परागलाई २–१ गोल पराजीत गर्दे आफ्नो स्थान सुरक्षित बनाएको हो ।

खेल सुरु भएको तेस्रो मिनेटमै साल्भियाविरुद्ध गोल गर्दै मेस्सीले आफ्नो नयाँ रेर्कड कायम राख्न सफल भएका छन् । मेस्सि च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो गोलका लागि भने बार्सिलोनालाई लामो समय कुर्न परेको थियो ।

यता साल्भियाका लागि खेलको ५० औँ मिनेटमा बोरीलले बरारी गोल फर्काए । बार्सिलोनाले खेलको ५७ औँ मिनेटमा आत्मघाती गोल उपहार पायो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्