Logo

भारतमा महाराष्ट्र र हरियाणा राज्यको मतगणना हुँदै



भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको मतगणना हुँदैछ । सत्तारुढ भारतीय जनता पार्टी सत्तामा रहेको दुवै राज्यमा उसको परीक्षण हुँदैछ ।

भारतको सबैभन्दा ठूलो औद्योगिक शहर मुम्बई रहेको महाराष्ट्रमा भाजपाले शिवसेनासँग चुनावी गठबन्धन गरेको छ । प्रारम्भिक मत सर्वेक्षणले दुवै राज्यमा भाजपा जित्ने अनुमान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको प्रारम्भिक कामको समेत दुई राज्यको चुनावले परीक्षण गर्ने विश्लेषण भइरहेको छ ।

Photo Source: Business Today



प्रतिक्रिया दिनुहोस्