Logo

आलमलाई पक्राउ गर्न प्रहरी मुख्यालयबाट विशेष टोली पुगेको थियो



काठमाडौं, ७ कात्तिक । १२ वर्ष अघि ईँट्टाभट्टामा जिउँदै मानिसलाई हालेर हत्या गरेको अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गर्न प्रहरी मुख्यालयबाट विशेष टोली रौतहट पुगेको खुलेको छ । अदालतको कारबाही चलाउने आदेशसहितको कागजात र पक्राउ पूर्जी बोकेर टोली रौतहट पुगेको हो ।

रौतहटमा पुग्ने प्रहरी प्रमुखहरु जोकोहीलाई अफताबले प्रभाव पारिसक्ने गरेकाले प्रहरी मुख्यालय नै यसमा सक्रिय भएको थियो । पक्राउ गर्न जाने टोलीबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अन्तिम समयमा मात्र जानकारी पाएको थियो ।

आलमले राजनीतिक प्रभाव पारेर कारबाहीबाट बच्न सक्ने भएबाट प्रहरी मुख्यालयको विशेष निर्देशनसहित टोली त्यहाँ पुगेपछि उनले फोन घुमाउन पनि समय पाएका थिएनन् । रौतहटमा प्रहरी प्रमुख भइसकेको अनुभव बटुलेका दुई नम्बर प्रदेशका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले पनि पक्राउको गर्न प्रहरी आउनुअघि मात्र जानकारी पाएको बुझिएको छ ।

घटना नै नभएको देखाउने र प्रमाण मेटाउने गतिविधि भइसकेकाले रौतहट प्रकरणको कानुनी प्रक्रिया जटिल बन्न सक्छ । त्यसमाथि पनि किटानी जाहेरी दिनेलाई प्रभावित पार्ने देखि धम्क्याउने गरिएको छ । तर, घटना घटेको पुष्टि भएमा अफताब र उनका परिवारका अन्य सदस्य र सहयोगीहरु समेत जेल जानसक्ने अवस्था बन्न सक्छ ।

२०६४ सालको चैत्रमा भएको घटनामा दुर्घटनाका कारण बम बिष्फोट भएपछि घाइतेलाई जिउँदै इट्टा भट्टामा हाल्न लगाइएको थियो ।

Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्