Logo

प्रारम्भिक मतगणनामा महाराष्ट्र र हरियाणामा भाजपा अगाडि



भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ भारतीय जनता पार्टीले बढी स्थानमा अग्रता लिइरहको छ । मतगणना शुरु भएसँगै भाजपाले महाराष्ट्रमा फराकिलो अन्तरले अग्रता लिइरहेको छ ।

हरियाणामा भाजपा र कँग्रेस आईबीच कडा प्रतिष्पर्धा भइरहेको छ । सत्तारुढ भारतीय जनता पार्टी सत्तामा रहेको दुवै राज्यमा उसको परीक्षण हुँदैछ ।
भारतको सबैभन्दा ठूलो औद्योगिक शहर मुम्बई रहेको महाराष्ट्रमा भाजपाले शिवसेनासँग चुनावी गठबन्धन गरेको छ । प्रारम्भिक मत सर्वेक्षणले दुवै राज्यमा भाजपा जित्ने अनुमान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको प्रारम्भिक कामको समेत दुई राज्यको चुनावले परीक्षण गर्ने विश्लेषण भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्