Logo

किन सर्यो “घामड शेरे” को प्रदर्शन मिति



अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र “घामड शेरे” को प्रदर्शन मिति सरेको छ । ८ कात्र्तिकबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको निर्माण टिमले मल्टीप्लेक्समा कम सोज बाँडेको भन्दै चलचित्र रिलिज मिति पोस्टपोन्डको निर्णय लिएको हो ।

चलचित्र वितरकहरुले अपेक्षा गरेभन्दा कम सोज मिलेपछि चलचित्रलाई दुई हप्तापछि सारेको छ । वितरक प्रचण्डमान श्रेष्ठले चलचित्रको अर्काे प्रदर्शन मिति २२ कात्र्तिक जनाएका छन् । नेपालका अधिकांश मल्टीप्लेक्स हलहरुले बलिउड चलचित्र “हाउसफुल ४” लाई उच्च सोज प्रदान गरेको कारण यो चलचित्रले कम सोज पाएको हो ।

कम सोजमा चलचित्र प्रदर्शन गर्दा निर्माण टिमलाई लगानी उठाउन गाह्रो हुन्छ । यसकारण पनि चलचित्रको प्रदर्शन मिति पोस्टपोन्ड गरियो । हेमराज विसी निर्देशित चलचित्रमा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । यो चलचित्र सरेपछि शिशिर राणा निर्देशित चलचित्र ‘पोइ पर्यो काले’ टिमको दर्शक बाँडिने चिन्ता कम भएको छ ।



प्रतिक्रिया दिनुहोस्