Logo

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान् (फोटोफिचर)



काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान प्रस्थान गरेका छन् । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ प्रस्थान् गरेका हुन् । उनी बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि बाकु प्रस्थान गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम Photo/Mukunda Kalikote-RCN



प्रतिक्रिया दिनुहोस्