Logo

केके दान गर्दा महालक्ष्मी खुशी हुन्छिन्



लक्ष्मी पूजाको अघिल्लो दिन तथा २५ अक्टोबरका दिन धनतेरस पर्व मनाउने गरिन्छ । यस दिन नयाँ सामानहरु किन्ने चलन रहिआएको छ । यो कार्य लक्ष्मी पूजाको दिनसम्म राम्रो मानिन्छ । यस दिन सुन, चाँदीका सिक्का, भाँडाकुँडा, लक्ष्मी तथा गण्ेशको मूर्ति खरिद गर्ने गरिन्छ । यो दिन केही विशेष कुराको दान गर्नु शुभ मानिन्छ । यस्ता चीज दान गरे लक्ष्मीले सधै घरमा बास गर्ने मान्यता रहिआएको छ ।

पहेंला कपडा दान
ज्योतिष शास्त्र अनुसार पहेंलो रंगको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको मान्यता छ । धनतेरसका दिन पहेंलो कपडा दान गर्नु राम्रो मानिन्छ । यस दिन कुनै पनि मानिसलाई पहेंलो कपडा दान गरेमा पुण्य मिल्छ । यस दिन यस्तो कपडा दान गर्नु महादान गरे सरह मान्यता रही आएको छ ।

गरीबलाई अन्नदान
यो दिन गरिने अन्न दानको विशेष महत्व छ । यस दिन आफ्नो घरमा गरीब, भोका व्यक्तिको सम्मानका साथ खाना खुवाउनाले माता लक्ष्मीको कृपा हुनेछ । खाना खुवाइसकेपछि दक्षिण दिएर विदा गरेमा लक्ष्मी खुशी हुनेछिन् ।

कुँचो दान
मानिन्छ कि माता लक्ष्मीको झाडु प्रिय वस्तु हो । त्यसैले यस दिन झाडू तथा कुचो किनेर पूजा गर्नाले लक्ष्मी खुशी हुनेछिन् । आफू आर्थिक अवस्थामा कमजोर भए झाडूको दान गर्नाले आर्थिक तनाव कम हुँदै जान्छ । झाडू दान लिने व्यक्तिको घरमा पनि महालक्ष्मीको आगमन हुन्छ ।

मिठाई दान
यस दिन मिठाई तथा नरिवल गरीब तथा भोका व्यक्तिलाई दान गरेमा धन धान्यले भरिपूर्ण हुनेछ । साथै जीवनमा कहिल्यै आर्थिक अभाव हुँदैन ।

फलाम दान
यस दिन फलाम दान गर्नाले भाग्य बढ्ने दुर्भाग्य हट्ने गर्छ । यसो गर्नाले मानिसमा महालक्ष्मीको आशिर्वाद मिल्नेछ र जीवनमा राम्रो फल प्राप्त हुने जनविश्वास रहिआएको छ ।



प्रतिक्रिया दिनुहोस्